मुक्तिनाथमा मुद्धती खाता खोल्दा २२ लाखको बिमा
मुक्तिनाथ विकास ब्यांकले २२ लाख ५० हजारसम्मको बिमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्धती’ योजना ल्याएको छ।
यस योजना अन्तर्गत व्यक्तिगत मुद्धती खातामा न्यूनतम पाँच लाख मौज्दात खाता खोल्ने ग्राहकले १० लाखसम्मको दुर्घटना बीमा, दुई लाखको घातक रोग बीमा र ५० हजारको आवधिक जीवन बीमाको व्यवस्था रिएको छ। यससँगै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत १० लाखसम्मको दुर्घटना बीमा सुविधा पाउने ब्यांकले जनाएको छ।
यस योजना अन्तर्गत ग्राहकले एक वर्षदेखि दुई वर्षसम्मको मुद्धती खाता खोल्न सक्नेछन्। जति अवधिको मुद्धती खाता खोल्यो, त्यति समयको लागि बिमा सुविधा प्राप्त गर्न सकिनेछ।