नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। आज बिहान ८ बजे सडकखण्डको भरतपुर महानगरपालिका-२९ केराबारी र १८ किलोमा पहिरो खसेको हो।
जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदो सहितको पहिरो खसेको छ। निरन्तरको वर्षात्को कारण पहिरो झर्ने क्रम रोकिएको छैन। पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उनले बताए। पहिरोका कारण उक्त सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्।
सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर आठ घण्टापछि सडक सञ्चालमा ल्याइएको थियो। -रासस