राजकुमार बरालको ‘शिक्षा विमर्श’ सार्वजनिक
राजकुमार बरालका शिक्षा सम्बन्धी तीन पुस्तक सार्वजनिक भएका छन्।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइराला‚ शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल लगायतले शिक्षा विमर्शका भाग १‚ २ र ३ पुस्तक सार्वजनिक गरेका हुन्। पुस्तक शिक्षा विमर्श प्रालिले प्रकाशन गरेको हो।
पुस्तकको पहिलो भागमा नेपालको शिक्षाको इतिहास‚ दोस्रो भागमा नेपालमा शिक्षक आन्दोलन र तेस्रो भागमा विश्वमा प्रचलित आधुनिक शिक्षाबारे उल्लेख भएको लेखक बरालले बताए।
शिक्षाविद् कोइरालाले पुस्तकले सार्वजनिक शिक्षाको पक्षमा वकालत गर्ने बताए। उनले शिक्षाबारे राम्रो पुस्तक लेखेर बरालले गुन लगाएको बताए।
यस्तै‚ सम्पादक दाहालले बरालको पुस्तकमा लेखकका बुझाइ र मान्यताका साथै विश्वका शिक्षाविद्हरूको विचार‚ सिद्धान्तलाई पनि विवेचना गरिएको बताए।