धरानका पूर्णबहादुर गुरुङलाई 'उत्कृष्ट पुस्तकालय प्रेमी' सम्मान
धरानस्थित विमल स्मृति पुस्तकालयका सञ्चालक पूर्णबहादुर गुरुङलाई ‘उत्कृष्ट पुस्तकालय प्रेमी’ सम्मान प्रदान गरिएको छ।
१५औं पुस्तकालय दिवसका अवसरमा नेपाल सरकारले गुरुङलाई सम्मान प्रदान गरेको हो। रूसी सांस्कृतिक केन्द्रमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र राज्यमन्त्री बोधमायाकुमारी यादवले गुरुङलाई दोसल्ला ओढाई सम्मानपत्र हस्तान्तरण गरेका छन्।
पूर्व ब्रिटिश गोर्खा सैनिक गुरुङका छोरा एवं कवि विमल गुरुङको सवारी दुर्घटनामा परेर १९ वर्षको उमेरमा मृत्यु भएको थियो। छोराको स्मृतिमा गुरुङले २०४८ सालमा विमल स्मृति पुस्तकालय स्थापना गरेका थिए।
८० वर्षीय गुरुङ र विमल पुस्तकालयको सेराफेरोमा रहेर वृत्तचित्र पनि बनेको छ। चलचित्रकर्मी प्रणय लिम्बूद्वारा निर्देशित वृत्तचित्र उर्मिमा गुरुङको संघर्षको कथा समेटिएको छ।
वृत्तचित्र उर्मिको ट्रेलर :