चट्याङ लागेर दाङमा दुईको मृत्यु‚ १३ घाइते
दाङको घोराही उपमहानगरपालिका-१२ गुरौ गाउँमा चट्याङ लागेर दुई जनाको मृत्यु र १३ जना घाइते भएका छन्।
तीजको अवसरमा गुरौ गाउँको सालडाँडामा भेला भएर नाचगान गरिरहेका वेला मंगलबार राति ११ बजे चट्याङले लागेर दुई जनाको मृत्यु भएको र १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजनकुमार गौतमले जानकारी दिए। उनका अनुसार‚ १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिषा साहको मृत्यु भएको छ।
घाइतेमध्ये दुई जना गम्भीर छन्। अन्य ११ जनाको अवस्था सामान्य रहेको डीएसपी गौतमले जानकारी दिए।