केन्यालाई दियो नेपालले १७६ रनको लक्ष्य
पाँचौं तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले केन्यालाई १७६ रनको लक्ष्य दिएको छ।
नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाएर १७५ रन बनायो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ५९ रन जोडे। उनले ४४ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। ज्ञानेन्द्रको यो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा दोस्रो अर्धशतक हो ।
त्यस्तै‚ रोहितकुमार पौडेलले ४७ रन बनाए। अर्जुन साउद २९ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी २२ रनमा आउट भए।
नेपाल र केन्याले दुई-दुई खेल जितेका छन् ।