क्यान्सरबारे सचेतनामूलक कार्यक्रम
क्यान्सरपीडित बालबालिकाका लागि सेवा गर्दै आएको दीर्घजीवी स्वयंसेवी समूहले दुईदिने सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ।
भदौ १० र ११ मा काठमाडौंमा सम्पन्न कार्यक्रमले बालबालिकामा हुने क्यान्सरको रोकथामका उपाय तथा यसबारे आम सर्वसाधारणलाई सचेतना प्रदान गरेेको आयोजक संस्थाका अध्यक्ष समीर श्रेष्ठले बताए। कार्यक्रममा उपचारपछि क्यान्सरमुक्त बनेका १९ जना बालबालिका तथा उनीहरूका अभिभावकले अनुभव आदानप्रदान गरेका थिए।
कलाकार मदनकृष्ण श्रेष्ठ, मिस अर्थ अवार्ड विजेता सरिषा श्रेष्ठ‚ चिकित्सक, कलाकार आदिको कार्यक्रममा उपस्थिति थियो। दीर्घजीवी स्वयंसेवी समूहले क्यान्सरपीडित बालबालिकालाई सहयोग गर्ने उद्देश्यले ‘दीर्घजीवी क्यान्सर सर्भाइभर समूह’ पनि गठन गरेको छ। लायन्स क्लब, प्रभु ब्यांक, नेपाल क्यान्सर अस्पताल लगायतको सहयोगमा उक्त कार्यक्रम आयोजना भएको थियो।