कर्णालीमा शाह र कामी मन्त्री नियुक्त
कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामी नियुक्त भएका छन्।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलले मन्त्रीमा सिफारिश गरेका शाह र कामीलाई मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिशमा प्रदेश प्रमुख तिलक परियारले मन्त्री नियुक्त गरेका हुन्।
माओवादीले प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको थियो। त्यसपछि दुवै मन्त्रीले आइतबार मुख्यमन्त्री शाही समक्ष राजीनामा दिएका थिए।
उनीहरूको राजीनामा स्वीकृत भएसँगै रिक्त पदमा शाह र कामीलाई नियुक्त गरिएको हो।