संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसद्मा प्रस्तुत
संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभामा प्रस्तुत* भएको छ।
सोमबार दोस्रो पटक बसेको प्रतिनिधि सभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ मा प्रस्तुत भएकाे हो।
भदाै १३ गते बिहान बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो।
विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।
*यो समाचारको शीर्षक असावधानीवश अन्यथा भएकाले सखेद सच्याइएको छ। –सम्पादक