फेरि दुई हजारभन्दा तल झर्यो नेप्से
सेयर बजार परिसूचक नेप्से फेरि दुई हजारभन्दा तल झरेको छ।
आइतबार नेप्सेमा ३३.३६ अङ्कले गिरावट आएर एक हजार ९८९.२६ को बिन्दुमा झरेको हो। यसअघि असार अन्तिम साता पनि दुई हजारभन्दा तल झरेको थियो।
बिस्तारै उकालो लागेको नेप्से गत साता दुई हजार दुई सयको नजिक पुगेको थियो। फेरि ओरालो लागेर नेप्से दुई हजारभन्दा तल झरेको हो।
नेप्सेसँगै सबै उपसूचकमा पनि गिरावट आएको छ। आज दुई अर्बभन्दा बढीको कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार, ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब पाँच करोड ९७ लाख ३७ हजारको कारोबार भएको छ।
आज कारोबार भएका १८८ कम्पनीमध्ये १८२ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। पाँच कम्पनीको शेयर मूल्य मात्रै बढेको छ।