नेपाल दोस्रो खेलमा १८ रनले पराजित
केन्यासँगको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १८ रनले पराजित भएको छ।
केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९ ओभरमा सबै विकेट गुमाएर ११८ रन मात्रै बनायो। नेपालका लागि आरिफ शेखले २५, रोहित पौडेल र मोहम्मद आदिल आलमले २०-२० तथा पवन सर्राफले १९ रन बनाए।
केन्याका लागि इमानुल बन्डी, लुकास ओलुच र व्रज बटेलले दुई-दुई विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको केन्याले आठ ओभरको क्षतिमा १३२ रन बनाएको थियो। राकेप पटेलले ३५, निहमिया ओडिअम्बोले २९ र इर्फान करिमले २२ रन बनाए।
नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह एरीले तीन-तीन, करण केसीले दुई र पवन सर्राफले एक विकेट लिएका थिए।
बिहीबार भएको पहिलो खेल नेपालले जितेको थियो। पाँच खेलको शृङ्खला अन्तर्गत नेपालले तेस्रो खेल आइतबार अपराह्न ३ः४५ बजे खेल्नेछ।