के छ ओलीको राजनीतिक प्रतिवेदनमा? (पूर्ण पाठ)
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्न नयाँ पुस्तामा ‘विशेष ध्यान’ दिनुपर्ने बताएका छन्।
शुक्रबारदेखि काठमाडौंमा शुरू भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्न सकिने आकलन गरेका छन्। त्यसका लागि मत वृद्धि गर्नुपर्ने औंल्याएका छन्।
उनले मत वृद्धिका लागि चार वटा उपाय सुझाएका छन्। मतादाता नामावली अद्यावधिक गर्ने र दोहोरिएका नामहरू हटाउन निर्वाचन आयोगको ध्यानाकर्षण र पहल गर्नुपर्ने, आम जनसमुदायमा पार्टीका नीति र अजेन्डाको व्यापक प्रचार गर्नुपर्ने बताएका छन्।
त्यस्तै, एमाले सरकारले गरेका कामको सशक्त प्रचार गर्न, आफ्नो शक्ति र सामर्थ्यमाथिको आत्मविश्वास बढाउन, गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुनुपर्ने पनि औंल्याएका छन्। “हामीलाई बहुमतका लागि करीब १६ प्रतिशत मत अपुग छ। त्यसलाई वृद्धि गर्न सकिन्छ र यसका लागि ठोस योजनाका साथ अगाडि बढ्ने,” ओलीले भनेका छन्, “नयाँ पुस्तामा विशेष ध्यान दिने।”