केन्यासँगको खेलमा नेपालको विजयी शुरूआत
केन्यासँगको टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले विजयी शुरूआत गरेको छ।
बिहीबार भएको खेलमा नेपालले केन्यालाई पाँच विकेटले पराजित गरेको छ। केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा जित हासिल गरेको हो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३३ र आरिफ शेखले २४ रन बनाए। केन्याका लागि विराज पटेल र लुकास ओलुचले दुई-दुई विकेट लिए।
पहिले ब्याटिङ गरेको केन्याले सात विकेटको क्षतिमा १३० रन बनाएको थियो। केन्याका लागि इरफान करिमले ३४ र लुकास ओलुचले ३१ रन बनाएका थिए।
नेपालका लागि सोमपाल कामीले तीन र सन्दीप लामिछानेले दुई विकेट लिएका थिए।
केन्या भ्रमणका क्रममा नेपालले पाँच वटा टी-२० खेल्नेछ। यस शृङ्खलाको दोस्रो खेलमा शुक्रबार अपराह्न ३ः४५ बजे हुनेछ।