लन्डनबाट फिर्ता आए मूर्ति र तोरण (तस्वीरहरू)
चार दशकअघि नेपालबाट हराएका मूर्ति र तोरण बेलायतबाट फिर्ता आएका छन्।
बिहीबार एक कार्यक्रमबीच मूर्ति र तोरण पुरातत्त्व विभागलाई हस्तान्तरण गरिएको छ। नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका सम्पदामध्ये मूर्ति र तोरण बेलायतले नेपाललाई फिर्ता गरेको हो।
सोह्रौं शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरण काठमाडौंको हनुमानढोका कुमारी बहालबाट हराएको थियो। यसै गरी १८औं शताब्दीतिर कुँदिएको घुँडा टेकेर नमस्ते मुद्रामा रहेको ढुङ्गाको मूर्ति काठमाडौंको ओमबहालस्थित मञ्जुश्री मन्दिरबाट हराएको थियो।
बेलायतले गत चैत ४ गते लन्डनस्थित नेपाली दूतावासलाई मूर्ति र तोरण हस्तान्तरण गरेको थियो।