तीजमा मुक्तिनाथ ब्यांकको विशेष अफर
मुक्तिनाथ विकास ब्यांकले तीजका अवसरमा विशेष अफर ल्याएको छ।
ब्यांकले ल्याएको ‘मुक्तिनाथ तीज विशेष अफर’मा खाता खोल्दा एक लाख रुपैयाँसम्मको बीमा सेवा पाइने जनाएको छ। यो योजना अन्तर्गत भदौभित्र ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्दा महिलाले एक लाखसम्म स्वास्थ्य बीमा पाउनेछन्।
त्यस्तै, निःशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निःशुल्क मोबाइल ब्यांकिङ (पहिलो वर्षको लागि) र ट्रांक्विलिटी स्पाको विभिन्न सेवामा ५० प्रतिशतसम्म छूट पाउने ब्यांकले जनाएको छ।