नबिलले ल्यायो ‘ढुक्क’ मुद्दती खाता
नबिल ब्यांकले आकर्षक ब्याजदर सहितको ‘ढुक्क’ मुद्दती खाता सञ्चालनमा ल्याएको छ।
यस खाता अन्तर्गत ग्राहकले मुद्दतीमा जम्मा गरेको रकम तोकिएको समयपश्चात् दोब्बरदेखि दश गुणासम्म प्राप्त गर्न सक्ने जनाइएको छ। नेपालमा आर्जित तथा विप्रेषण मार्फत नेपालमा प्राप्त रकमबाट खाता खोली यो योजनामा सहभागी हुन सकिनेछ।
नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्दती खातामा ६ वर्ष तीन महीना २३ दिनमा दोब्बर, १४ वर्ष सात महीना २८ दिनमा पाँच गुणा र २० वर्ष ११ महीना २० दिनमा १० गुणा रकम दिने ब्यांकले जनाएको छ।
त्यस्तै, विप्रेषण अन्तर्गत खोलिने ढुक्क मुद्दती खातामा पाँच वर्ष नौ महीना १५ दिनमा दोब्बर, १३ वर्ष पाँच महीना ११ दिनमा पाँच गुणा तथा १९ वर्ष दुई महीना २५ दिनमा १० गुणा रकम दिइने जनाएको छ। यस खाता अन्तर्गत ग्राहकले तीन लाखसम्मको क्रेडिट कार्ड पाउन सक्नेछन्।