यसरी बनाइन्छ परम्परागत कलाका ट्याटु (भिडिओ)
“यो पनि कला नै हो। चित्रकला बनाउँदा कागज र क्यानभास प्रयोग गरिन्छ भने म मान्छेको शरीरलाई नै क्यानभास बनाउँछु।”
नयाँ पुस्तामा शरीरका विभिन्न भागमा थरीथरीका ट्याटु बनाउने चलन बढ्दै गएको छ। अझ पछिल्लो समय त परम्परागत कलालाई ट्याटुका रूपमा उतार्न थालिएको छ।
यस्तै एक कलाकार हुन् शनिक शाही। काठमाडौंको ‘ब्रिक स्ट्रीट ट्याटु स्टुडियो’मा फरक कला पस्किँदै आएका शाही भन्छन्, “यो पनि कला नै हो। चित्रकला बनाउँदा कागज र क्यानभास प्रयोग गरिन्छ भने म मान्छेको शरीरलाई नै क्यानभास बनाउँछु।”
ट्याटुमा २६ वर्षीय शाहीले छुट्टै पहिचान बनाएका छन्। परम्परागत कलालाई शरीरका विभिन्न भागमा कोर्छन्, ट्याटुका रूपमा। शाही भन्छन्, “अब त यो कला मात्रै रहेन, जीवनशैली बनेको छ।”