एक दिन सर्यो प्रतिनिधि सभाको बैठक
प्रतिनिधि सभाको आज बिहान ११ बजे बोलाइएको बैठक सरेको छ।
अर्को बैठक भदौ ६ गते दिउँसो १ बजे बस्ने गरी सरेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।
बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन तेस्रो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो।
त्यस्तै, बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम समेत थियो।