‘पार्टी अध्यक्ष, प्रधानमन्त्री भइसकेपछि सल्लाहकार भएर बस्नुपर्छ, खट्न सक्नेलाई नेतृत्व दिनुपर्छ’
आठ वर्ष सानिमा ब्यांकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएपछि अवकाश लिएका ब्यांकर भुवन दाहालले फेरि सीईओ नहुने बताएका छन्।
चाँडै करिअर शुरू गरेर छिटै अवकाश लिनुपर्ने मान्यता राख्ने दाहालको पुस्तक पनि आएको छ, रिटायरमेन्ट एट फिप्टी। आठ वर्ष नेतृत्व गरिसकेपछि अब सल्लाहकारका रूपमा नयाँ पुस्तालाई आफ्नो अनुभव सुनाउने उनको योजना छ र त्यसै अनुरूप विद्यार्थीलाई अध्यापन पनि गरिरहेका छन्।
अन्य क्षेत्रमा पनि निश्चित समय नेतृत्व गरिसकेपछि युवालाई जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ। “पार्टीको अध्यक्ष, प्रधानमन्त्री भइसकेका मान्छे विभागीय प्रमुख भएर बसेको देखेको छु। त्योभन्दा त सल्लाहकार भएर बस्ने हो,” दाहाल भन्छन्, “आफूभन्दा बढी खट्न सक्ने, युवालाई नेतृत्व दिनुपर्छ।”
ब्यांकर एवं लेखक दाहालसँग उनको पुस्तक रिटायरमेन्ट एट फिप्टीमा केन्द्रित भएर हिमालखबरका लागि रमेश कुमारले गरेको कुराकानी: