नागरिकता विधेयक जस्ताको तस्तै पारित हुनु दुर्भाग्यपूर्णः कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधि सभाबाट नागरिक विधेयक दोस्रो पटक हुबहु पारित हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २९ गते पुनर्विचारका प्रतिनिधि सभामा पठाएको विधेयक भदौ २ गते संसद्ले बहुमतबाट पारित गरे लगत्तै थापाले यस्तो प्रतिक्रिया जनाएका हुन्।
थापाले भनेका छन्, “राष्ट्रपतिद्वारा पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकमा राष्ट्रपतिद्वारा उठाइएका गम्भीर प्रश्नहरूको उपेक्षा गरेर जस्ताको तस्तै प्रतिनिधि सभाले पारित गर्नु दुर्भाग्यपूर्ण छ।”