राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथि प्रतिनिधि सभामा छलफल (लाइभ)
राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकमाथि प्रतिनिधि सभामा छलफल चलिरहेको छ।
संसद्का दुवै सदनले स्वीकृत गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकी थिइन्। त्यसमाथि आज छलफल चलिरहेको छ।
प्रतिनिधि सभाबाट आजै विधेयक पारित गर्ने तयारी रहेको छ। यसअघि सत्तारूढ गठबन्धनले नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गरेर प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको थियो।