राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता आएको जानकारी संसद् बैठकलाई दिइने
प्रतिनिधिसभाको साउन ३१ गतेको बैठकमा नागरिकता विधेयक पुनःविचारका लागि राष्ट्रपति कार्यालयबाट फिर्ता आएको जानकारी दिइने भएको छ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले विधेयक फिर्ता आएको जानकारी दिने भएका छन्। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचिको पहिलो नम्बरमा
राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी दिने उल्लेख छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा पुनःविचारका लागि प्रतिनिधिसभामा पठाएकी छन्। प्रतिनिधिसभा र
राष्ट्रियसभाले पारित गरेको विधेयकबारे व्यापक आलोचना भएपछि राष्ट्रपतिले फिर्ता पठाउने निर्णय गरेकी हुन्।
सत्ता गठबन्धनका कतिपय दल, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र बुद्धिजिवीहरुले समेत यो निर्णयको स्वागत गरेका छन्।