साढे पाँच हजार परीक्षण गर्दा ८८८ मा कोरोना
कोभिड-१९ संक्रमितको संख्या बढ्दै गएको छ। आज ८८८ जनाका संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच ७३७ नमुना परीक्षण गर्दा ८८८ जनामा कोरोना देखिएको हो। जसमध्ये तीन हजार १५५ जनाको पीसीआर परीक्षण गर्दा ४२७ जनामा र दुई हजार ५८२ जनाको एन्टिजन परीक्षण गर्दा ४६१ जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै, आज कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९८९ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४७४ जना निको भएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ३८७ पुगेको छ।