एकै दिन थपिए ४५५ कोरोना संक्रमित, दुईको मृत्यु
कोभिड-१९ को परीक्षण बढेसँगै आज नयाँ संक्रमितको संख्या पनि बढेको छ भने दुई जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज चार हजार ८२९ नमुना परीक्षण गर्दा ४५५ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये दुई हजार ३०८ जनाको पीसीआर परीक्षण गर्दा ३०५ जनामा र दुई हजार ५२१ जनाको एन्टिजन परीक्षण गर्दा १५० जनामा कोरोना देखिएको हो।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९८८ पुगेको छ।
त्यस्तै, आज ३०२ जना निको भएका छन्। यससँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ पुगेको छ।