यस्ता छन् मन्त्रिपरिषद्का २४ निर्णय
सरकारले विश्व ब्यांकबाट प्राप्त हुने करीब १२ अर्ब ७० करोड (अमेरिकी डलर १०० मिलियन) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सहित २४ वटा निर्णय गरेको छ।
मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले गरेका निर्णय आइतबार सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्।
त्यस्तै, सरकारले जापान सरकारबाट पूर्वी तराइको सिँचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने करिब दुई अर्ब १३ करोड ६४ लाख (जापानी येन दुई हजार २५६ मिलियन) अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।