तीन हजार परीक्षण गर्दा २६३ मा कोरोना, दुई जनाको मृत्यु
आज कोभिड-१९ को परीक्षण घट्दा नयाँ थपिएका संक्रमितको संख्यामा पनि केही कमि आएको छ भने दुई जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज तीन हजार १६५ नमुना परीक्षण गर्दा २६३ जनामा कोरोना देखिएको छ। जसमध्ये एक हजार ३९९ जनाको पीसीआर परीक्षण गर्दा १६२ जनामा र एक हजार ७६६ जनाको एन्टिजन परीक्षण गर्दा १०१ जनामा कोरोना देखिएको हो।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९८६ पुगेको छ।
त्यस्तै, आज देशभर ५०१ जना निको भएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या पनि पाँच हजार ४३४ मा झरेको छ।