एकीकृत समाजवादीको घोषणापत्र बनाउन तीन नेतालाई जिम्मा
नेकपा (एकीकृत समाजवादी)ले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि घोषणा पत्र बनाउने जिम्मा तीन उपमहासचिवलाई दिएको छ।
केन्द्रीय सचिवालयको साउन २५ गते बसेको बैठकले उपमहासचिवत्रय प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई घोषणापत्र दिने निर्णय गरेको हो। प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारको मापदण्ड तय गर्ने जिम्मेवारी भने महासचिव वेदुराम भुसाललाई दिइएको छ।
सरकारले मंसीर ४ गते निर्वाचन मिति घोषणा गरे लगत्तै एकीकृत समाजवादीले तयारी तीव्र पारेको हो।