आईएमई पे मार्फत टीएमएस खरीदको भुक्तानी
शेयर खरीद बिक्री गर्ने व्यक्तिले ब्रोकरको टीएमएस मार्फत खरीद गरेको शेयरको रकम आईएमई पेबाटै भुक्तानी गर्न सकिने भएको छ।
आईएमई पेका अनुसार यो सुविधा ३५ वटाभन्दा बढी ब्रोकरलाई उपलब्ध रहेको छ। टीएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आईएमई पे रोजी सजिलै कारोबार गर्न सकिने कम्पनीले जनाएको छ।
भुक्तानी सेवा प्रदायक टीएमएसमा जोडिनुले नेपालको शेयर बजारलाई डिजिटाइज गर्न थप टेवा पुग्ने कम्पनीले जनाएको छ।