शिविरमा सास्ती खेप्दै कोशी विस्थापित (तस्वीरहरू)
कोशीको बाढी बस्तीमा पसेपछि विस्थापित भएका उदयपुरका पाँच सय परिवारले शिविरमा सास्ती खेपिरहेका छन्।
पश्चिम तटीय क्षेत्र उदयरपुरको बेलाका नगरपालिका-८ गु्रमेबोटेबाट साउन १८ गते कोशी वस्तीमा पसेपछि बेला वडा नंं ३, ५, ८ र ९ का दुई हजार पाँच सय परिवार विस्थापित भएका थिए। उनीहरूमध्ये दुई हजार परिवार घर फर्किए पनि पाँच सय परिवारलाई भने शिविरमा राखिएको छ।
बेलका नगरपालिका वडा नं. ३ मा दुई वटा र र वडा नं. ८ मा एउटा शिविर बनाइएको छ। उनीहरू तीनवटै शिविरमा बसिरहेका छन्। धेरै मानिस एउटै ठाउँमा भएकाले खानपिन गर्न पनि समस्या भएको छ।
एक सातादेखि शविरमा बसिरहेका बालबालिका र वृद्धवृद्धालाई झन समस्या भएको छ। म्याटमै रात बिताइरहेका उनीहरूले बालबालिकालाई खानपिन गराउन अप्ठ्यारो भएको बताएका छन्।