यसरी मनाइयो विश्व आदिवासी दिवस (तस्वीरहरू)
‘परम्परागत ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाहरूको भूमिका’ भन्ने नारा सहित २८औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाइएको छ।
काठमाडौं लगायत देशका विभिन्न भागमा साउन २४ गते विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाइएको हो। नेपाल आदिवासी जनजाति महासंघ लगायतका संघसंस्थाले कार्यक्रम आयोजना गरेका थिए।
राष्ट्रसंघले सन् १९९४ मा हरेक वर्ष ९ अगस्टमा विश्व आदिवासी दिवस मनाउने घोषणा गरेको थियो।
काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा देखिएका दृश्यहरूः