एमाले सहित १० दल निर्वाचन आयोगमा दर्ता
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) आगामी प्रतिनिधि सभा र प्रदेश सभा चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएको छ।
एमाले महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायतका नेताहरूले साउन २४ गते आयोगमा पुगेर दल दर्ता गरेका हुन्।
आयोगमा दर्ता भएको एमाले दशौं दल हो। यसअघि नै नौ दल दर्ता भइसकेका छन्। आयोगमा दर्ता दलहरूः
१. नेकपा (एमाले)
२. जनमत पार्टी
३. मौलिक जरोकिलो पार्टी
४. नेपाल समावेशी पार्टी
५. हाम्रो नेपाली पार्टी
६. पुनर्जागरण पार्टी नेपाल
७. जनता प्रगतिशील पार्टी नेपाल
८. राष्ट्रिय विकास पार्टी
९. नेकपा (माओवादी समाजवादी)
१०. राष्ट्रिय नागरिक पार्टी