नेपालको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त
नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकमा मनोज प्रभाकरलाई नियुक्त गरेको छ।
क्यानले सोमबार उनलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको हो। पुबुदु दासानायकेले राजीनामा दिएपछि मुख्य प्रशिक्षक पद रिक्त थियो। दासानायकेको नेपाली राष्ट्रिय टोली सम्हाल्न प्रभाकर नियुक्त भएका हुन्।
भारतका पूर्व क्रिकेटर ५९ वर्षीय प्रभाकरले यसअघि अफगानिस्तानको टीम सम्हालेका थिए। त्यस्तै, उनीसँग रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तरप्रदेशको टोलीको प्रशिक्षक भएर काम गरेको अनुभव छ।
भारतका पूर्व अलराउन्डर प्रभाकरले ३० टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलका छन्।