आगामी चुनावका लागि दल दर्ता गर्न आह्वान, साउन ३१ सम्म म्याद
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सहभागी हुन निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ।
शुक्रबार बसेको आयोगको बैठकले साउन २२ देखि ३१ गतेसम्म दल दर्ता गर्ने समय तोेकेको छ। अहिलेसम्म आयोगमा दर्ता भएका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्नुपर्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।
अहिले निर्वाचनमा आयोगमा ११६ दल दर्ता छन्। उनीहरूले नै आगामी चुनावका लागि पुनः दर्ता गर्नुपर्नेछ। दर्ता भएका दलले मात्रै चुनावमा भाग लिन पाउनेछन्।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिनका लागि छुट्टाछुट्टै निवेदन दिनुपर्ने आयोगले जनाएको छ। सातै प्रदेशका लागि प्रदेशगत रुपमा छुट्टाछुट्टै निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।