चुनाव घोषणासँगै यस्ता छन् मन्त्रिपरिषद्का १३ निर्णय
प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मंसीर ४ गते गर्ने घोषणासँगै मन्त्रिपरिषद्ले विभिन्न १३ वटा निर्णय गरेको छ।
मन्त्रिपरिषद्को साउन १९ गतेको बैठकले गरेका निर्णय शुक्रबार सार्वजनिक गरिएको छ। सरकारको पहिलो निर्णयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने रहेको छ।
त्यस्तै, सरकारले निक्षेप सुरक्षणको सीमा पनि बढाएको छ। साउन १ गतेदेखि लागू हुने गरी निक्षेप सुरक्षणको सीमा तीन लाखबाट बढाएर पाँच लाख पुर्याएको छ।