चीन भ्रमणमा जाँदै परराष्ट्र मन्त्री खड्का
परराष्ट्र मन्त्री नारायण खड्का तीनदिने भ्रमणका लागि चीन जान लागेका छन्।
उनी साउन २४ देखि २६ गतेसम्म चीनको भ्रमणमा जान लागेका हुन्। चीनका विदेश मामिला मन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा खड्का चीन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
दुवै देशका मन्त्रीबीच साउन २५ गते चीनको चिङ्दाओमा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ। स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोज समेत आयोजना गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्री खड्का साउन २६ गते काठमाडौं फर्कने मन्त्रालयले जनाएको छ।