स्थानीय चुनावको भन्दा १० लाख मतदाता बढ्ने
निर्वाचन आयोगले गत स्थानीय चुनावमा भन्दा करीब १० लाख मतदाता थपिने प्रक्षेपण गरेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कुल मतदाता एक करोड ८५ लाखदेखि ८६ लाखसम्म पुग्ने आयोगको प्रक्षेपण रहेको बताए। गत ३० वैशाखमा सम्पन्न निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “त्यसमा १० लाख मतदाता थपिन सक्छन्।”
सरकारले ४ मंसीरका लागि चुनावको मिति घोषणा गरेसँगै आयोगले मतदाताा नामावली सङ्कलन स्थगित गरेको छ। अनलाइन फारम भरिसकेकाहरूले भने साउन २१ गतेसम्म औंठा छाप लगाउन र फोटो खिचाउन पाउनेछन्।