फारम भरेका मतदाताले साउन २१ सम्म फोटो खिच्न सक्ने
संसदीय चुनावको मिति घोषणा भए लगत्तै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन स्थगित गरेको छ।
सरकारले मंसीर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेपछि आयोगले मतदाता नामावली सङ्कलन स्थगित गरेको हो।
मतदाता नामावलीका लागि अनलाइन फारम भरेका मतदाताले भने साउन २१ गतेसम्म औंठाछाप र फोटो खिचाउन पाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।