तस्वीरमा कोशीको बाढी
कोशी नदी पश्चिमी तटबन्ध कटान गरेर बस्तीमा पसेपछि उदयपुरका सयौं बासिन्दा विस्थापित भएका छन्।
आज बिहान ६ बजे उदयपुरको बेलका नगरपालिकाबाट पश्चिमी तटबन्ध कटान गरी कोशी बस्तीमा पसेको हो। बेलका नगरपालिकाका वडा नंं. १, २, ३, ८ र ९ का दुई हजार ३०० परिवार जोखिममा परेका छन्।
उनीहरूलाई बिहानैदेखि सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको मेयर अशोक कार्कीले बताए। स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका छन्।