नेविसंघको नाम परिवर्तन गर्न सांसद सुनुवारको ‘प्रस्ताव’
नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले नेपाल विद्यार्थी संघ (नेविसंघ)को नाम परिवर्तन गर्न आग्रह गरेका छन्।
सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघ नै त्रिभु्वन विश्वविद्यालय अस्तव्यस्त बनाउन लागेको भन्दै सांसद सुनुवारले यस्तो माग गरेका हुन्। प्रतिनिधि सभाको साउन १५ गतेको बैठकमा उनले भने, “नेपाल विद्यार्थी संघको नाम परिवर्तन गरेर विश्वविद्यालय बिगार्ने संघ राख्न प्रस्ताव गर्दछु।”
नेविसंघले तालाबन्दी गर्दा विश्वविद्यालय बन्द रहेको भन्दै सुनुवारले बताए।