खोटाङका भूकम्प प्रभावितलाई राहत दिन माग
सांसदहरूले खोटाङ केन्द्रबिन्दु भएर गएको ६ म्याग्निच्यूडको भूकम्पबाट प्रभावितहरूलाई राहत र क्षतिपूर्तिको माग गरेका छन्।
प्रतिनिधि सभाको साउन १७ गतेको बैठकमा सांसद महेन्द्रकुमारी लिम्बूले भूकम्पबाट घर भत्किएकाहरूलाई राहतको माग गरेकी हुन्।
नेकपा (एमाले) संसदीय दलका नेता विशाल भट्टराईले ४७५ घर भत्किएको जानकारी दिए। भूकम्पबाट विस्थापितलाई राहत र क्षतिपूर्ति दिन भट्टराईले माग गरे।
साउन १५ गते खोटाङको मार्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो।