महँगी विरुद्ध पानीमा भिज्दै एमालेको प्रदर्शन (तस्वीरहरू)
देशमा महँगी र भ्रष्टाचार बढ्दै गएको भन्दै नेकपा (एमाले)ले काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा प्रदर्शन गरेको छ।
प्रदर्शनमा उत्रिएका एमाले नेता तथा कार्यकर्ताले महँगी नियन्त्रण गर्न र भ्रष्टाचारीलाई कारबाही गर्न माग गरेका छन्।अनेरास्ववियु, खेलकूद महासंघ, किसान महासंघ, रिटर्नी फेडेरेशन र इन्जिनीयरिङ एशोसिएशन, अपाङ्ग संघ, ट्रेड युनियन महासंघले संयुक्त रूपमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनपछि आयोजित भेलालाई सम्बोधन गर्दै एमालेका महासचिव शंकर पोखरेलले महँगी बढेपछि सर्वसाधारणले दुःख पाएको बताए। उनले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई आग्रह गरे।
एमाले नेताहरू योेगेश भट्टराई, विशाल भट्टराई, लालबाबु पण्डित, शेरबहादुर तामाङ लगायत नेता तथा कार्यकर्ता प्रदर्शनमा सहभागिता थिए।