पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरोका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–जयराम सडक खण्ड अवरुद्ध भएको छ।
सोमबार बिहान हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको तुवाचुङमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि दिक्तेलबाट काठमाडौं, उदयपुर, इटहरी, धरान, विराटनगर, काँकडभिट्टातर्फ गएका सवारी साधन बाटैमा रोकिएका छन्। सवारी साधन रोकिंदा यात्रु अलपत्र परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए।
पहिरो पन्छाउन हलेसी तुवाचुङ नगरपालिकाले स्काभेटर पठाएको जनाएको छ। मध्य पहाडी लोकमार्ग अन्तर्गकै दिक्तेल–चखेवाभञ्ज्याङ सडकको साप्सुखोला र छेपेखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको छ।