तीन महीनापछि २२ सय नजिक नेप्से
शेयर बजार परिसूचक नेप्से झण्डै तीन महीनापछि बढेर २२ सय नजिक पुगेको छ।
साताको पहिलो दिन आइतबार ५४.५८ अङ्कले बढेर दुई हजार १९५.१० बिन्दुमा पुगेको छ। यो शुक्रबारको तुलनामा २.५५ प्रतिशतले बढी हो।
एक महीनाअघि भने घटेर १८ सयमा झरेको थियो। केही दिनयता बढ्दै आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आइतबार ३.३७ प्रतिशतले बढेको छ। सेन्सेटिभ सूचक ९.७२ अङ्कले बढेर ४१९.२० पुगेको छ।
आइतबार कारोबार पनि बढेको छ। आज २२० कम्पनीका एक करोड १३ लाख ३९ हजार ४७६ कित्ता शेयर चार अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ रुपैयाँमा किनबेच भएका छन्।