कथाले पुरस्कार पाएको १० वर्षपछि आउँदै ‘राधा’
कथाले अन्तर्राष्ट्रिय पुरस्कार पाएको १० वर्षपछि नेपाली फिल्म ‘राधा (द सेक्रेट अफ राधा)’ प्रदर्शनमा आउन लागेको छ।
यस फिल्मका लागि तयार पारिएको कथाले १० वर्षअघि दक्षिण कोरियाको ‘बुसान फिल्म फेस्टिभल’ बाट ‘स्टोरी ग्रान्ट’ पाएको थियो। आगामी भदौ १० गते प्रदर्शन हुने फिल्मको अहिले ट्रेलर सार्वजनिक गरिएको छ।
सुवर्ण थापाको लेखन तथा निर्देशन रहेको फिल्ममा सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान र बुद्धि तामाङको अभिनय रहेको छ।
सौगात मल्ल, देवकी विष्ट र विक्रम दास जोशीले निर्माण गरेको ‘राधा’ का कार्यकारी निर्माता निकुन श्रेष्ठ रहेका छन्।