यस्तो छ पूर्व अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन
पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय विशेष छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिएको छ।
समितिका सभापति लक्ष्मणलाल कर्णले छानबिन प्रतिवेदन प्रतिनिधि सभामा पेश गरेका हुन्। यसअघि उनले छानबिन प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएका थिए।
चालू आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै विरोध भएपछि प्रतिनिधि सभाले विशेष छानबिन समिति गठन गरेको थियो। समिति गठनसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।
असार २२ गते गठन भएको समितिलाई छानबिनका लागि १० दिनको समय दिइएको थियो। समितिले असार २८ गतेदेखि काम शुरू गरेको थियो। निर्धारित समयमा छानबिन सम्पन्न नभएपछि सात दिन म्याद थपिएको थियो।
समितिमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ११ जना सांसद रहेका थिए।
संसदीय विशेष छानबिन समितिको प्रतिवेदन: