पूर्व मन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन संसद्मा पेश
पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिएको छ।
संसदीय विशेष छानबिन समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन पेश गरेका हुन्। प्रतिनिधि सभामा प्रतिवेदन पेश गर्दै सभापति कर्णले छानबिनका क्रममा गरिएका कामबारे जानकारी दिए।
यसअघि सभापति कर्णले संसदीय विशेष छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएका थिए।
चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि प्रतिनिधि सभाले संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो। समिति गठनसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।