नागरिकता सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पनि पारित
नागरिकता सम्बन्धी विधेयक बिहीबार राष्ट्रिय सभाबाट पनि पारित भएको छ।
बिहीबार गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए। त्यसमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ध्वनिमतका आधारमा बहुमतले पारित भएको घोषणा गरेका थिए।
यसअघि नागरिकता सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएको थियो। प्रतिनिधि सभाले सन्देश सहित पठाएको विधेयक राष्ट्रिय सभाले पनि बहुमतका आधारमा पारित गरेको हो।
यससँगै नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक अब ऐन बनेको छ। यो ऐन तत्काल कार्यान्वयनमा आउनेछ।