एसईईको नतीजा सार्वजनिक, कसरी हेर्न सकिन्छ?
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतीजा सार्वजनिक गरेको छ।
बुधबार अपराह्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सार्वजनिक गर्ने निर्णय गरेको थियो। लगत्तै परीक्षा नियन्त्रण कार्यालयले एसईई २०७८ को नतीजा सार्वजनिक गरेको हो।
कोभिड–१९ का कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनका आधारमा नतीजा तयार गरिएको थियो। यस वर्ष भने भौतिक उपस्थितिमा परीक्षा भएको थियो।
वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी थिए। जसमा दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र थिए।
देशभरका दुई हजार सात परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भएको थियो। एसईईको नतीजा एसएमएस‚ आईभीआर र वेबसाइटहरूबाट हेर्ने सकिने बोर्डले जनाएको छ।