शेयर बजारमा सामान्य सुधार, नेप्से २३ अङ्कले वृद्धि
शेयर बजारमा बुधबार सामान्य सुधार आएको छ। शेयर बजार परिसूचक नेप्से २३.८३ अङ्कले बढेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार, बुधबार नेप्से २३.८३ अंकले बढेर दुई हजार १११.९९ बिन्दुमा पुगेको छ। यो मंगलबारको तुलनामा १.१४ प्रतिशतले बढी हो।
त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.५३ अङ्कले बढेर ४०२.९२ पुगेको छ। यो मंगलबारको तुलनामा १.१४ प्रतिशतले बढी हो।
बुधबार २२७ कम्पनीको ७५ हजार आठ सय १८८ कित्ता शेयर तीन अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ रुपैयाँमा कारोबार भएको छ। आज व्यापार बाहेक सबै उपसमूहको शेयर मूल्य बढेको छ।
चालू आर्थिक वर्षको मौद्रिक नीति आएपछि दुई दिन लगातार उकालो लागेको नेप्स तेस्रो दिन मंगलबार भने घटेको थियो। आज नेप्सेमा सुधार आएको हो।