साफ च्याम्पियनशिपमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दै नेपाल
साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ।
नेपाल च्याम्पियनशिपको दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र श्रीलंकाको खेल आज साँझ ७ बजे भारतको भुवनेश्वरस्थित कालिङ्गा रङ्गशालामा हुनेछ।
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४-० ले पराजित गरेको थियो। श्रीलंकालाई भने पहिलो खेलमा बाङ्लादेशले १-० ले पराजित गरेको थियो।
प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बाङ्लादेश र माल्दिभ्स सहभागी छन्। समूहको शीर्षस्थानमा रहेका दुई टोली उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
नेपालले तेस्रो खेलमा आइतबार भारतसँग र चौथो खेलमा मंगलबार बाङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ।